भारतको राजधानी नयाँदिल्ली हिंसा : २३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन १५, बिहिबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फाल्गुण १५, काठमाण्डौ । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपमा एक प्रहरी अधिकृतसहित २३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार हिंसामा २३ जनाको मृत्यु हुनुका साथै २ सय जना घाइते भएका छन् ।

जीटीबी अस्पतालले बुधवार मात्र पाँच जनाको मृत्यु भएको जनाएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेमा प्रदर्शनकारी र प्रहरी छन् ।  यसअघि सन् १९८४ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सिख अंगरक्षकद्वारा हत्या गरिएपछि भएको हिंसामा ३ हजारभन्दा बढी सिखको हत्या भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस